धादिङ जिल्लाकै पहिलो बालमैत्री स्थानीय शासन घोषणा प्रक्रियाका लागि सहमति पत्र प्राप्त!

🎉 ऐतिहासिक उपलब्धि! 🎉

धादिङ जिल्लाकै पहिलो बालमैत्री स्थानीय शासन घोषणा प्रक्रियाका लागि सहमति पत्र प्राप्त! 🏆

बालबालिकाको अधिकार, सहभागिता, संरक्षण र समग्र विकासलाई प्राथमिकतामा राख्दै अघि बढेको हाम्रो निरन्तर अभियानले आज महत्वपूर्ण सफलता प्राप्त गरेको छ।

यो उपलब्धि केवल एउटा पत्र प्राप्त हुनु मात्र होइन, वर्षौँदेखिको मेहनत, धैर्यता, लगनशीलता, निरन्तर प्रयास र सामूहिक प्रतिबद्धताको परिणाम हो। ❤️

बालमैत्री स्थानीय शासन निर्माणका लागि जनप्रतिनिधि, कर्मचारी, बालबालिका, बाल समूह सञ्जाल, विद्यालय, अभिभावक, संघसंस्था तथा सम्पूर्ण सरोकारवालाको निरन्तर साथ, सहयोग र समन्वयले यो सम्भव भएको हो।

आज प्राप्त यो सहमति पत्रले हामीलाई अझ ठूलो जिम्मेवारी र उत्साह दिएको छ। अबको लक्ष्य केवल घोषणा होइन, घोषणापछि पनि बालमैत्री अभ्यासलाई दिगो र प्रभावकारी बनाउँदै लैजानु हो।

धादिङ जिल्लाकै पहिलो बालमैत्री स्थानीय शासन घोषणा गर्ने ऐतिहासिक यात्रामा गल्छी गाउँपालिका अघि बढेको छ। 🌿👧🧒

मेहनतको फल प्राप्त भएको छ, अब उपलब्धिलाई दिगो बनाउने पालो हाम्रो हो। 💪❤️